रोनाल्डोको युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाईनलबाटै बाहिरियो !



०४ बैशाख २०७६, काठमाडौं

विश्व फुटबलका सफल खेलाडी क्रिस्टियानी रोनाल्डोको क्लब युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाईनलबाटै बाहिरिएको छ ।

युभेन्ट्स डच क्लब आयाक्ससंग पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको अवस्थामा मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेल महत्वपूर्ण थियो ।

घरेलु एलियान्ज स्टेडियममा भएको खेलमा युभेन्ट्स आयाक्ससँग २–१ ले पराजित हुँदै क्वाटरफाईनलबाटै बाहिरिएको हो ।

खेलमा रोनाल्डोले कर्नर बलमा गोल गर्दै घरेलु टोली युभेन्ट्सले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

तर, उनको अग्रताले टोलीलाई कुनै परिणाम दिन सकेन ।

आयाक्सले अब फाईनल प्रवेशका लागि सेमिफाइनलमा बुधबार राति दुई इंगलिश क्लबहरु म्यानचेष्ट सिटी र टोटेनह्याम हट्सपरबीचको विजेतासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्