अस्ताए पत्रकार पुष्करलाल श्रेष्ठ ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ !



०४ बैशाख २०७६, काठमाडौं

नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको थापाथलीमा रहेको नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको छ ।

विगत पाँच महिनादेखि हस्पिटल भर्ना भएका श्रेष्ठको वुधबार बिहान ११ बजे निधन भएको हो ।

सुरुमा नाकमा समस्या देखिएपछि , बयोधा हस्पिटल भर्ना भएका उनको मृगौला सम्बन्धि समस्या देखिएपछि शल्यक्रिया समेत गरिएको थियो ।

पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइसको संक्रमण भएको  आशंका गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार श्रेष्ठको पार्थिक शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्