विकासमा फड्को मार्दै विकट क्षेत्रको गाउँपालिका ‘महाकुलुङ गाउँपालिका’ !(भिडियो सहित)



०३ बैशाख २०७६, काठमाडौं

देशमा स्थानीय सरकार गठन भएको करिब २ वर्ष बितिसकेको छ ।

देशका ७५३ ओटा स्थानीय तहहरुमध्येको कुनै तहमा विकासले गति लिँदै छन् त, कुनैमा हुने प्रक्रियामा छ । 

कुनै तहको विकासमा त्यहाँका जनप्रतिनिधिको मात्र भूमिका भने, पक्कै हुँदैन ।

तहको चौतर्फी विकास हुनुमा त्यहाँका जनतादेखि लिएर सोही ठाउँको भौतिक संरचनासम्मले साथ दिनुपर्छ ।

तर, कुनै बाधक– निसंकोच काम कारबाही अगाडी बढाउने एउटा स्थानीय तह हो, ‘महाकुलुङ गाउँपालिका’ ।

हिमाली जिल्ला सोलुखुम्बुमा रहेको यो गाउँपालिका सोलुखुम्बुको पनि निकै विकट ठाउँमा अवस्थित गाउँपालिका हो    ।

    

समून्द्री सतहबाट करिब ४ हजारभन्दा बढि उचाईमा रहेको यो गाउँपालिका हेर्दा निकै रमणीय र दृश्यात्मक छ ।

त्यहाँका ताल–तलैया, खोला, जंगल, विभिन्न हिमालहरु अनि डाँडा, पाखा पखेराले त मनै मुग्ध हुन्छ ।

‘पाँच पोखरी’, ‘मेरापीक’, ‘सिलुछो डाँडा’ लगायतका विभिन्न दृश्यात्मक पर्यटकीय स्थलहरु अवस्थित यो गाउँपालिकाले पछिल्लो समय पर्यटकीय हिसाबले पनि निकै विकास गरेको छ ।

सोलुखुम्बुको ८ ओटा स्थानीय तहहरुमध्येको एक तह ‘महाकुलुङ गाउँपालिका’ जिल्लाको सदरमुकामबाट पनि धेरै सुदूरमा रहेको छ ।

गाउँपालिकाको यो अवस्थालाई नियाँल्दा गाउँपालिकामा विकास निर्माणका कार्यहरु संचालन गर्न निकै कठिन छ ।

तर, यि समस्याहरुलाई चिर्दै गाउँपालिका अध्यक्ष ‘सागर किराँती’ विकास निर्माणमा जुटिरहेका छन् ।

“गाउँपालिकाको भौतिक संरचना अनि यहाँको जनशक्ति अनुसार यो गाउँपालिकाको विकास निर्माण लगायत अन्य कुराहरुले राम्रो गति लिईरहेका छन् ।” अध्यक्ष किराँती भन्छन् ।

गाउँपालिकाको भौतिक संरचनाको कारण विकास निर्माणको कामलाई सजिलै गर्न कठिन रहेको सो गाउँपालिकाले सबै समस्याहरुलाई फेस गर्दै अगाडी बढिरहेको छ ।

“गाउँपालिकामा जनताले प्रत्यक्ष महसुस गर्ने गरी सडक सञ्जाललाई जोडिएको छ । त्यसबाहेकका अन्य कुराहरु पनि हुने क्रममा छन् ।” अध्यक्ष किराँती भन्छन् ।

सडक सञ्जाल जोडिनु, छोटो समयमा गाउँपालिकाले आफ्नै कार्यालयको व्यवस्था गर्नु, गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको निर्णय हुनु, केन्द्रमै बैंक शाखाको स्थापना हुनु, प्रहरी चौकीको स्थापना हुनु यि सबै यसका ज्वलन्त उदाहारणहरु हुन् ।

“मैले निर्वाचनको बेलमा घोषणापत्रमा उल्लेख गरे अनुसार नै गाउँपालिकामा विभिन्न कार्यहरु गरिरहेको छु ।”

उनी सुनाउँछन् ।

महाकुलुङ गाउँपालिका’साविकका गाविसहरु बुङ, छेस्काम र गुदेललाई सन्तुलित रुपमा मिलाई बनाईएको गाउँपालिका हो ।

गाउँपालिका अध्यक्ष ‘सागर किराँती’ले विकास निर्माणका साथसाथै अन्य विधा तथा क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ हेर्ने गर्छन् ।

उनले आफ्नो सुविधाका लागि गाउँसभाले पारित गरेको बजेटबाट गाउँका जेहेनदार तर, पारिवारिक अवस्था न्यून भएका दुई विद्यार्थीहरुको पढाईमा खर्च गरेका छन् ।

उनी भन्छन् “गाडी चढेर हिड्ने मेरो चाहना होईन, मैले केवल गाउँपालिका समृद्ध होस् भन्ने चाहन्छु । मैले उनीहरुलाई सहयोग गरेर राम्रै काम गरेजस्तो लाग्छ ।”

किराँतीको यो उत्प्रेरणात्मक कार्यले गाउँपालिकाबासी हर्षित छन् ।

यस्तो काम विरलै जनप्रतिनिधिले गरेका छन् ।

‘सिहँदरबारको अधिकार गाउँगाउँमा’ भन्ने स्लोगन तपाईको गाउँपालिकामा कत्तिको सार्थक बन्यो? भनेर सोधिएको प्रश्नमा किराँती भन्छन्, “सार्थक त बनेको छ, हिमाल पारीको त्यो ठाउँहरुमा त्यत्तिको विकास भएकै मान्नुपर्छ । दरबारको अधिकार त, छ नै भन्नुपर्छ । किनकी, जनताहरुले सबै सेवाहरु नजिकैको स्थानबाट पाईरहेका छन् । उनीहरु पनि खुशी छन् ।”

“व्यवहार तथा आचरणबाट पनि सिहँ दरबारको अधिकार गाउँगाउँमा पुगेको छ ।”उनी थप्छन् ।

गाउँपालिकालाई समृद्ध तथा नमुना बनाउँनमा लागिपरेका किराँती अहिले साँच्चै एक सफल जनप्रतिनिधिको भूमिकामा देखिएका छन् ।

गाउँपालिकाका अध्यक्ष सागर किराँती राईसँग गरिएको भिडियो हेर्नुहोस् !

 

प्रतिक्रिया दिनुहोस्