पत्रकार पक्राउ गरेको विरोधमा महासंघद्धारा आन्दोलनको घोषणा !



०४ बैशाख काठमाडौं २०७६,

नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्युतीय ऐन लगाएको विरुद्धमा आन्दोलन घोषणा गरेको छ ।

अर्जुन गिरी लगायतका पत्रकारहरुलाई रिहा गर्न माग गर्दै महासंघले भोलि ५ गते बिहान ९ः३० बजेदेखि १०ः३० सम्म आन्दोलन गर्ने घोषणा गरेको हो ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्नै क्रम बढेको भन्दै महासंघले यो दफा खारेज गर्न माग गरेको छ ।

आन्दोलनमा जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने छ ।

थप कार्यक्रम भोलि नै तय गर्ने महासंघले बताएको छ । यसका लागि भोलि नै महासंघ केन्द्रीय बैठक बोलाइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्