बार्सिलोनाले म्यानचेष्टरलाई ३–१ ले हरायो !



०४ बैशाख २०७६, काठमाडौं

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले म्यानचेष्टर युनाईटेडलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा युनाईटेड बार्सिलोनाबाट ३–१ ले पराजित भएको हो । म्यानचेष्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफर्ड मा भएको पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

बार्सिलोनाका लागि कप्तान मेस्सीले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो गोल पनि मेस्सीकै नाम रह्यो ।

उनले २० औँ मिनेटमै अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम गोल काउटिन्होले ६१ औँ मिनेटमा गरे।

यस नतिजा पश्चात ‘होम एण्ड अवे’ लेगमा समग्र नतिजामा ३–१ ले पछाडी पर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्