२०७५ साल आधार वर्ष, आगामी वर्षदेखि जनताले अनुभूति गर्ने विकासका लहरहरु देखिन्छन् : डा. राजन भट्टराई



०३ बैशाख २०७६, काठमाडौं

परिवर्तन खबरले नयाँ वर्ष २०७६ आगमनको सन्दर्भमा गत चैत्र ३० गते आयोजना गरेको बृहत साँस्कृतिक, शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले लामो समयको राजनीतिक अस्थिरता पार गर्दै २०७४ साल देखि भएका स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन र निर्वाचनबाट निर्वाचित स्थिर सरकारको कारण लामो राजनीतिक संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्दै जनताको जीवन स्तरमा परिवर्तन ल्याउन सुधारका संकेतहरु देखिएको बताएका छन् ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै डा. भट्टराईले भने तीनै तहमा जनताले मतदान गरेर जनप्रतिनिधि पठाएका छन् ।  अब मुलुकमा राजनीतिक अस्थिरता, अन्योल, राजनीतिक द्वन्दका कारणले विकास हुन सकेन, परिवर्तन हुन सकेन, जनताले देखिने किसिमका परिवर्तन हुन सकेन भन्ने दिनको अन्त्य होस् । तीन तहमा स्थिर र बहुमत सरकार गठन गरेपछि त्यो प्राप्त हुने स्थिरता र त्यो स्थिरताका माध्यमबाट मुलुकको समृद्धी र विकासको बाटोमा मुलुक हिडोस् । यो इच्छा र चाहनाका साथ जनताले जिम्मेवारी दिएका छन् ।’

हामीले प्राप्त गरेको यो सफलता, यो ऐतिहासिक क्षण मुलुक परिवर्तनका लागि, मुलुकको विकासको लागि, जनताको जीवनस्तर उकास्नको लागि, उनीहरुको जीवनमा परिवर्तन देखाउनको लागि अवसर हो भन्दै यदि यो अवसरलाई हामीले सही ढगंले बुझ्न सकेनौँ भने, सही ढगंले त्यस अनुसार काम गर्न सकेनौँ भने इतिहासले हामीलाई माफी दिनेछैन । त्यतिमात्र नभएर हामीलाई जनताले पनि माफी दिने छैनन् र हामी जनताको बीचमा जाँदा जनताहरु हाम्रा साथमा हुने छैनन् ।”

डा. राजन भट्टराईको मननयोग्य भाषण सहितको भिडियो :

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस अब बैशाख ९ गते मनाउने बताउँदै उनले स्मरण गराए, “७० बर्षको इतिहासमा कम्युनिष्ट आन्दोलनले यो उचाई प्राप्त गरेको पहिलो अवसर हो । तपाई हाम्रै कार्यकालमा हाम्रा अग्रजहरुले देखाउनु भएको बाटो, हाम्रो अग्रजहरुले गर्नुभएको मार्गदर्शन । त्यो मार्गदर्शनलाई पछ्याउने क्रममा नेपाली जनताको साथले इतिहासमा सबैभन्दा ठूलो सफलता अहिले हामीले प्राप्त गरेका छौँ । हामीले प्राप्त गरेको यो सफलता, यो ऐतिहासिक क्षण मुलुक परिवर्तनका लागि, मुलुकको विकासको लागि, जनताको जीवनस्तर उकास्नको लागि, उनीहरुको जीवनमा परिवर्तन देखाउनको लागि अवसर हो भन्दै यदि यो अवसरलाई हामीले सही ढगंले बुझ्न सकेनौँ भने, सही ढगंले त्यस अनुसार काम गर्न सकेनौँ भने इतिहासले हामीलाई माफी दिनेछैन । त्यतिमात्र नभएर हामीलाई जनताले पनि माफी दिने छैनन् र हामी जनताको बीचमा जाँदा जनताहरु हाम्रा साथमा हुने छैनन् ।”

२०७५ साललाई हेर्ने हो भने मुलुकमा हामीले केही उल्लेखनीय प्रगति गरेका छौँ । थुप्रै मान्छेहरुले केहीपनि भएन भनेर प्रचार गरिरहेका छन् । तर त्यस्तो होइन । २०७५ सालमा हामीले संविधान मार्फत जे प्राप्त गरेका छौँ त्यसलाई संस्थागत गर्ने कुरामा ऐतिहासिक जिम्मेवारी पुरा गरेका छौँ । हामीले कानुन त बनायौँ तर संविधान अनुसार कानुन थिएनन् भने तिनलाई कार्यान्वयन गर्ने कुरा हामीले लिएर जान सकेका थिएनौँ ।

उनले अझ प्रष्ट भाषामा भने,“ हामी त्यो नगपालिकाको वडाको निर्वाचित भएका व्यक्तित्व हौँ या वडाध्यक्ष हौँ या उप–मेयर हौँ या मेयर । अहिले हाम्रो दायित्व भनेको यो सफलतालाई अगाडी बढाएर जाने हो । त्यसमा दायाँ–बायाँ गर्ने, तलमाथि गर्ने छुट कसैलाई पनि छैन । हामीले भनेका छौँ ‘समृद्ध नेपाल : सुखी नेपाली’ समृद्ध नेपाल र सुखी नेपालीको नारा अरु कसैले पनि पुरा गर्न सक्दैन र विगतमा पनि सकेका छैनन् । त्यसकारण नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले रोजे । त्यसकारणले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले निर्वाचित गरेर यो जिम्मेवारी सुम्पिएका छन् । आज मुलुक कम्युनिष्टमय भएको छ । त्यसैले आफ्नो जिम्मेवारी तलमाथि गर्यौ भने त्यसले व्यक्तिगत रुपमा नभएर मुलुकका लागि, पार्टीका लागि र त्यतिमात्र नभएर हिजो यो आन्दोलनका लागि रगत बगाएका शहिदका सपनामाथि तुषारापात हुनेछ ।”

२०७५ सालले हामीलाई आधार बर्षको रुपमा काम गरिदिएको छ । हामीले जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनुपर्ने, जनताको जीवनस्तर सुधार गर्नुपर्ने बाटोमा अब केन्द्रिकित हुनेछौँ । सबै सामाजिक क्षेत्रदेखि अन्तर्राष्ट्रिय सबै क्षेत्रहरुमा हामी अगाडि जानुपर्ने छ । यो बाटोमा हामी सबै लागौँ, यो ऐतिहासिक अभिभारा प्राप्त गरेको अधिकारलाई पुरा गर्नको लागि एकताबद्ध हिसाबले अघि बढेमा मात्र हामीले सफलता प्राप्त गर्नेछौँ ।”

निर्वाचित जनप्रतिनिधिलाई लक्षित गर्दै डा. भट्टराईले भने, “हामी सबैको दायित्व अहिले सुशासन सहितको सामाजिक विकासको बाटोमा अघि बढ्ने हो । मैले यो सुशासन किन जोड दिइरहेको छु भने सुशासन नभएको कारणले गर्दा हाम्रो समाजमा भएको विकृति र बेथितीका कारणले गर्दा, भ्रष्ट प्रवृत्तिका कारणले गर्दा, हामीले अगाडि सारेका योजनाहरु त्यसअनुसार बढ्न नसकेको अनुभूति हामीले गरिरहेका छौँ । त्यसकारण अहिले सुशासन हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । हामीसँग दृष्टिकोण छ, हाम्रा घोषणा पत्रहरु छन्, कार्यक्रमहरु छन् । तिनलाई कार्यान्वयन गरेर लिएर जाने प्रभावकारीता आजको आवश्यकता हो । त्यो आवश्यकतालाई हामीले पुरा गर्न जान्नुपर्छ । २०७५ साललाई हेर्ने हो भने मुलुकमा हामीले केही उल्लेखनीय प्रगति गरेका छौँ । थुप्रै मान्छेहरुले केहीपनि भएन भनेर प्रचार गरिरहेका छन् । तर त्यस्तो होइन । २०७५ सालमा हामीले संविधान मार्फत जे प्राप्त गरेका छौँ त्यसलाई संस्थागत गर्ने कुरामा ऐतिहासिक जिम्मेवारी पुरा गरेका छौँ । हामीले कानुन त बनायौँ तर संविधान अनुसार कानुन थिएनन् भने तिनलाई कार्यान्वयन गर्ने कुरा हामीले लिएर जान सकेका थिएनौँ ।

चाहे त्यो १५ सालको निर्वाचनपछिको कुरा होस या २०४७ सालको उपलब्धीपछिको कुरा होस संविधानलाई प्रभावकारी ढंगमा लिएर जाने कुरामा त्रुटी हुँदा हामीले भोग्नुपरेको प्रतिगामी कदम र प्रतिगमनको अवस्थाबाट हामीले सिक्नु पर्ने पहिलो कुरा के हो भने संविधानलाई प्रभावकारी हिसाबले कार्यान्वयन गरेर अगाडि जाने, त्यसको संस्थागत गर्ने वा उपलब्धिहरुको संस्थागत गर्ने कुरामा २०७५ साल ऐतिहासिक रहेको छ । सायदै नेपालको इतिहासमा पहिलो पटक यतिधेरै कानुनहरु यति छोटो समयमा बनेका छन् । यस हिसाबले २०७५ साल स्मरणीय रहेको छ । त्यसबाहेक २०७५ सालको विचमा हामीले नयाँ आयोजनाहरु सुरुवात गरेका छौँ । त्यसका परिणाम अब हामीले क्रमिक रुपमा प्राप्त गर्नेछौँ । चाहे त्यो सामाजिक सुरक्षाको मामिलामा होस, चाहे पूर्वाधारको क्षेत्रमा होस या रेलवे अगाडि लिएर जाने कुरामा होस । २०७५ सालले हामीलाई आधार बर्षको रुपमा काम गरिदिएको छ । हामीले जनताको जीवनमा सकारात्मक परिवर्तन देखिनुपर्ने, जनताको जीवनस्तर सुधार गर्नुपर्ने बाटोमा अब केन्द्रिकित हुनेछौँ । सबै सामाजिक क्षेत्रदेखि अन्तर्राष्ट्रिय सबै क्षेत्रहरुमा हामी अगाडि जानुपर्ने छ । यो बाटोमा हामी सबै लागौँ, यो ऐतिहासिक अभिभारा प्राप्त गरेको अधिकारलाई पुरा गर्नको लागि एकताबद्ध हिसाबले अघि बढेमा मात्र हामीले सफलता प्राप्त गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्