नेपालले पहिलो भू-उपग्रह बिहीबार अमेरिकाबाट प्रक्षेपण गर्दै



०३ बैशाख २०७५, काठमाडौं

नेपालले आफनो पहिलो भू-उपग्रह बिहीबार ‘लन्च’ गर्ने भएको छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड-एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट-१’ को प्रक्षेपण गर्ने भएको छ ।

नेपाली समय अनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेट जाँदा यसको प्रक्षेपण गरिने नाष्टका प्रविधि प्रमुख रविन्द्र ढकालले जानकारी दिएका छन् । यो भू-उपग्रहलाई अन्तर्राष्ट्रय स्पेस स्टेशनमा लगिने प्रमुख ढकालले बताए । यसलाई अन्तरिक्षमा एक महिनाम्म राखिने छ ।

स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । यसको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले प्रत्यक्ष प्रसारण समेत गर्ने जनाईएको छ ।

मे महिनाको तेस्रो साता स्पेस स्टेसनबाट भू-उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ । जापानको क्यूटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपालले यो भू-उपग्रहको निर्माण गरेको थियो ।

इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के सो भू-उपग्रह निर्माणका लागि लागि परेका थिए ।

प्रतिक्रिया दिनुहोस्