समयानुकूल रुपान्तरण हुँदै न्यु होली क्रस स्कुल काडाघारी



०३ बैशाख २०७५, काठमाडौं

२०५५ सालमा स्थापित न्यु होलीक्रस स्कुलले नयाँ फड्को मार्दै गईरहेको छ । यतिबेला स्कुलले भौतिक पूर्र्वाधार निर्माण कार्यलाइ व्यवस्थित बनाएको छ भने सुबिधायुक्त कक्षा कोठा तथा समायनुकुल र व्यवहारिक शिक्षालाई बिद्यालयले जोड दिईरहेको छ । विद्यालयले ४ वटा कुरालाई मुख्य रुपमा जोड दिएको विद्यालयका प्रधानाध्यापक पदम सामसोहाङले बताए ।

जसअनुसार १ खेलमैदान २ साइन्स र कम्प्युटर ल्याब ३ सहभागीतात्मक प्रयोगात्मक शिक्षण पद्धति ४ हरियो सोच जसको अर्थ हरियाली वातावरण भन्ने बुझिन्छ ।

उनका अनुसार बिद्यार्थीको सिकाईलाइ प्रभावकारी बनाउन फराकिलो चौर आबश्यक पर्दछ । होलीक्रस स्कुलमा फराकिलो २ वटा ग्राउन्ड रहेको छ । जसमा बिद्यार्थीले फुटवल, बास्केटबल, ब्याडमिन्टन, खोखो टेबल टेनिस, ह्याण्डबल, तेक्वान्दो खेलाइने छ भने टाईजी योगाको कक्षा संचालन गरिने बताए । तेक्वान्दोको लागि बाह्रौ विश्व तेक्वान्दो कल्चर एक्स्पो र विश्व तेक्वान्दो हामादाङ प्रतियोगिताका वर्ल्ड च्याम्पियन मास्टर प्रेम बहादुर भण्डारीले प्रशिक्षण गरिरहेका छन् ।

दोस्रो स्कुलले विद्यार्थीलाई बिज्ञान र कम्प्युटरमा दक्ष बनाउने रणनीति लिएको छ । उनका अनुसार बिद्यालयले आगामी दिनमा व्यवहारिक समय अनुकुल प्रबिधीमैत्री शिक्षाका लागि बिज्ञान र कम्प्युटरको व्यवहारिक ज्ञान दिने छ । तेस्रो सहभागितात्मक, प्रयोगात्मक शिक्षण पद्धति मार्फत विद्यार्थीको क्षमता अभिबृद्धीमा जोड दिइनेछ । यसमा विद्यार्थीको मनोबैज्ञानिक पक्षलाई ध्यान दिइनेछ । भने चौथो हरियो सोच अन्तर्गत विद्यालयको वातावरण स्वच्छ हुने स्वच्छ वातावरण हरियाली वातावरणमा विद्यार्थीले सिक्न पाउने छन् । यसले विद्यार्थीको सिकाईका साथसाथै वातावरण र मानव बिचको सम्बन्धको महत्वलाई विद्यार्थीले बुझ्ने बिद्यालयका प्रअ सामसोहाङले परिवर्तन खबरलाइ बताए ।

प्रतिक्रिया दिनुहोस्