
०३ वैशाख २०७६, काठमाडौ
नेपाली महिला तस्करी गरेको अभियोगमा बेलायती नागरिक सोमबार पक्राउ परेका छन् ।
केन्याको प्रहरीले गत शनिबार त्यँहाको डान्स बार र क्लब छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसको सञ्चालकलाई पक्रेको थियो ।
उनीहरुमाथि प्रहरीले अनुसन्धान गर्ने क्रममा बेलायती नागरिक अमिराली अलिभाइले १२ नेपाली महिला तस्करी गरेर न्यालीस्थित आफ्नो क्लबमा प्रयोग गरेको खुलासा भएको हो ।
नेपाली महिला तस्करी गरी दुरुपयोग गरेको अभियोगमा सोमबार अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरीएको छ ।





