English Premier League : आर्सनलको संघर्षपूर्ण जित !



०३ बैशाख २०७६, काठमाडौं

ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।

गएराती भएको खेलमा आर्सनललले वाटफोर्डमाथी १–० को संघर्षपूर्ण जित निकालेको हो ।

आर्सनलको जितका लागि खेलको एक मात्र निर्णायक गोल पिएरी एम्रिक अमुमियाङले गरे । उनले खेलको खेलको १० औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ खेलमा ६६ अंक जोड्दै आर्सनल चौथो स्थानमा उक्लिएको हो ।

यता पराजित वाटफोर्ड समान खेलमा ४६ अंक सहित १० औं स्थानमा छ । ८५ अंक जोडेको लिभरपुल शीर्ष सथनमा छ भने ८३ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो सथनमा छ ।

प्रतिक्रिया दिनुहोस्