ला लिगा : रियल लोगानेसँग बराबरीमै सिमित रह्यो !



०३ बैशाख २०७६, काठमाडौं

ला लिगा फुटबलअन्तर्गत उत्कृष्ट क्लब रियल मड्रिडले राम्रो नतिजा बनाउन सकेन ।

गएराती भएको लिगको ३२औं साताको खेलमा रियल अवे मैदानमा लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो ।

अब यो बराबरीसँगै रियलले ३२ खेलबाट ६१ अंक जोडेको छ ।

ऊ तेस्रो स्थानमा छ । त्यसपछि दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६५ तथा शीर्ष स्थानको बार्सिलोनाको ७४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्