
०२ वैशाख २०७६, काठमाडौं
मिसनमा जाने सशस्त्र बलका कर्मचारीको एक सय पचास अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।
मिसनमा सहभागीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, र खेलकुद संगठनलाई दिनुपर्ने रकम खारेज भएको हो ।
बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५/३५ र खेलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको बताए ।





