नेकपाका महासचिव पौडेलद्वारा सियानको उद्घाटन



०२ बैशाख २०७६, काठमाडौं

चीन भ्रमणमा रहेका नेकपाका महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर (दक्षिण एशिया अध्ययन केन्द्र)को उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले सोमबार सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

महासचिव पौडेल शनिबार चीन प्रस्थान गरेका थिए ।

चीन भ्रमणका क्रममा पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्