राष्ट्रपति विद्यादेवी भण्डारी आगामी ११बैशाखमा चीन जाँदै, पारवहन प्रोटोकलमा सम्झौता हुने !



०२ बैशाख २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी ११ बैशाखमा चीन भ्रमणमा जाने भएका छन् ।

भण्डारी बिआरआईको दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् ।

बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन् ।

चीनले एशिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ ।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी ‘सी’सँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

“दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ ।” परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने।

यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए । उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ।

प्रतिक्रिया दिनुहोस्