
०२ वैशाख २०७६, काठमाडौं
सरकारले मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको निःशुल्क सीप परीक्षण गर्ने भएको छ ।
यसअघि आवेदन दिइसकेका कामदारहरुको भोलि मंगलबारदेखि आगामी वैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय गरेको हो ।
सकारले गत ०७५ मा पनि इच्छुक कामदारहरुसँग आवेदन मागेको थियो । जसमा लगभग ५ सय कामदारले आवेदन दिएका थिएका थिए ।
वैदेशिक रोजगार व्यवस्थापन बोर्डले विदेशमा काम गरी विभिन्र सीप आर्जन गरी फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागेको जनाएको छ ।
यो परिक्षा पास भएर प्रमाणपत्र पाएपछि स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाई गर्न सक्ने बोर्डको अपेक्षा छ ।





