ICC U–19 : नेपाललाई दोस्रो सफलता !



०२ बैशाख २०७६, काठमाडौं

मलेशियामा भईरहेको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको छनौटको आशा बढेको छ ।

जारी एशिया छनौटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेशियामाथि ८ विकेटको जित हात पारेसँगै नेपालको आशा बढेको हो ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएकामा २२२ बल खेल्नुअघि नै जित हात पार्यो । नेपालले १३ ओभरमै २ विकेटको नोक्सानीमा जित पाएको हो ।

यसअघि छनौटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्