
०२ वैशाख २०७६, काठमाडौं
बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
जिल्लाको जयपृथ्वी केन्दबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझासँगै आसपासको जिल्लाहरुमा पनि परेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्काले स्थानीय त्रसित बनेपनि भौतिक तथा मानवीय क्षति नभएको बझाङ प्रहरीले जनाएको छ ।
गोरखा केन्दबिन्दु बनाएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का लामो समयसम्म महसुस भएको थियो ।
केन्दका अनुसार सोमबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प नयाँ हो ।





