आउँदो वर्षमा वृद्धाभत्ता बढ्छ : प्रधानमन्त्री ओली



०२ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान’ कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताएका हुन् ।

उनले बजेट नआई भन्न नमिल्ने भएपनि वृद्धभत्ता बढ्छ भन्ने कुरा सबैलाई थाह भएको दाबी गरे ।

“अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ ।” उनले भने ।

ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेपनि के कति रकम बढाउने भन्ने खुलाउन चाहेनन् ।

 

प्रतिक्रिया दिनुहोस्