उड्यो संसारकै सबैभन्दा ठूलो विमान, यस्ता छन् विशेषता (भिडियो सहित)



विश्वको सबैभन्दा ठूलो विमान मानिएको स्ट्रयाटोलन्चले पहिलोपटक उडान भरेको छ ।

पखेटाका आधारमा अहिलेसम्मकै संसारको सबैभन्दा ठूलो मानिएको यो विमानले पहिलोपटक ४ हजार ५ सय ७२ मिटर दूरी पार गर्दै उडान भरेको हो ।

यो विमानले उड्दा यसको गति २ सय ७४ किलोमिटर प्रतिघण्टासम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पखेटाका आधारमा सबैभन्दा ठूलो मानिएको यो विमानमा जडित पखेटाको लम्बाई १ सय १७ मिटर रहेको छ । यो विमानमा ६ वटा इन्जिनहरु रहेका छन् ।

स्ट्रयाटोलञ्च कम्पनीले निर्माण गरेको यो विमानले पृथ्वीको अक्षमा रहेको भू–उपग्रहसम्मको यात्रालाई सहज बनाउने सो कम्पनीको दाबी छ ।

दुईवटा विमान जोडेर एउटै बनाइएको यो विमानलाई सो कम्पनीले संसारकै सबैभन्दा ठूलो विमान भएको दाबी गरेको छ ।

यद्यपि, पखेटाको साटो चुच्चोदेखि पुच्छरसम्मको लम्बाईका आधारमा यो भन्दा ठूला विमानहरु पनि रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्