IPL : सन्दीपको टोली क्यापिटल्सलाई पाँचौं सफलता !



०२ बैशाख २०७६, काठमाडौं

जारी १२ औं संस्करणको आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पाँचौं जित निकालेको छ ।

गएराति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान ओगटेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

उसका लागि श्रेयस ऐयरले सर्वाधिक ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । १ सय ५६ रनको चुनौति लिएर जवाफी व्याटिङ गरेको हैदरावाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो ।

उसका लागि डेविड वार्नरले ५१ तथा जोनी बैस्टोले ४१ रन बनाए । हैदरावादलाई कम स्कोरमा रोक्न दिल्लीका लागि कागियो रावाडाले चार तथा क्रिस मोरीसले तीन विकेट लिए ।

जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्