हामीले च्याम्पियन बन्ने भन्दै केटोकटीजस्तै खेल्यौं : एमबाप्पे



०२ बैशाख २०७६, काठमाडौं

फ्रेन्च लिग वानमा पीएसजी लिलेसँग ५–१ ले पराजित भएपछि एमबाप्पेले आफुहरुले केटाकेटीजस्तै खेलेको बताएका छन् ।

लिलेको घरमा भएको खेलमा पिएसजी खेलको ३६औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

पिएसीलाई नमिठो गरी हार चखाउनेक्रममा घरेलु टोली लिलेका लागि ४ जना फरक–फरक खेलाडीले गोल गरे भने १ गोल उपहारमा पायो ।

अब यो जितपछि लिलेले शीर्ष स्थानको पिएसजीसँगको दूरीसमेत कम गरेको छ । जहाँ लिलेको खातामा ३२ खेलबाट ६४ अंक छ भने पिएसजीको खातामा ८१ अंक छ । तर, उसले एक खेल कम खेलेको छ ।

हारबाट स्तब्ध हुँदै एमबाप्पले भने–“हामीले केटाकेटीजस्तो खेल्यौं ।”

लिलेसँग नमिठो हार भोगेपछि पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पेले आत्मआलोचना गर्दै प्रतिक्रिया दिएका छन् ।

उनले आफूहरूले च्याम्पियन हुन्छु भन्दै केटाकेटीले खेलेजस्तो फुटबल खेलेको बताए ।

“यस्तो नतिजा बिलकुलै स्वीकार्य हुँदैन । आज हामीले केटाकेटी वा सिकारुले खेलेजस्तै खेल्यौं, ।” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्