गुल्मीको महोत्सवमा १० करोडको कारोबार !



०१ वैशाख २०७६, काठमाडौं

गुल्मीमा चलेको सांस्कृतिक तथा पर्यटन महोत्सव एवं व्यापार मेलामा १० करोडको कारोबार भएको छ  ।

सदरमुकाम तम्घासमा ११ दिनसम्म चलेको महोत्सवमा आयोजकका अनुसार १ लाख दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको हो ।

महोत्सवमा गुल्मीमा उत्पादन भएका विभिन्न बस्तुहरुसँगै विभिन्न औधोगिक क्षेत्रबाट उत्पादन भएका वस्तुहरु पनि प्रदर्शन तथा बिक्रीमा राखिएको थियो ।

महोत्सव जिल्लमा रहेको गुल्मी चेम्बर अफ कर्मशले चैत २० देखि ३० सम्म आयोजना गरेको थियो ।महोत्सव ‘गुल्मी समवृद्धिको मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पूर्वाधार’ भन्रे नारा तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्