राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन विपक्षी दललाई खानेपानी मन्त्रीको आग्रह



०१ वैशाख २०७५, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन प्रतिपक्षी दललाई आग्रह गरेकी छिन् ।

चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गरेकी हुन् ।  मन्त्री मगरले समृद्ध  नेपालको अभियानमा रचनात्मक भुमिका खेल्न सबैलाई आव्हान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन, “समृद्ध नेपाल सुखी नेपालीको आधार शिला सरकारले खडा गरेको छ । खानेपानी लगायत अन्य विकास निर्माणको काममा सरकार गम्भीर छ । विकासको काममा हातेमालो गरि अगाडि बढौ ।”

मन्त्री मगरले जलाधार संरक्षण गरेर खानेपानीको स्रोत जोगाउने कार्यमा मन्त्रालय लागिरहेको बताईन् । उनले चन्द्रागिरी नगरपालिका जस्तै देशका धेरै ठाउँमा खानेपानीको सहज आपूर्तिमा मन्त्रालय योजना बनाएर अघि बढेको स्पष्ट पारिन् ।

लघु तथा घरेलु उद्यममा महिलाहरुको सहभागिता बढाउन  यस्ता महोत्सवहरु भइरहनु पर्नेमा उनको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्