जुनसुकै मुल्य चुकाएर पनि भ्रष्टाचार उन्मूलन गरिछाड्छु : प्रधानमन्त्री ओली



०१ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भू–माफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताए ।

नयाँ वर्षमा बालुवाटार निवासबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,

“तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।”

यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्