
१ वैशाख २०७६, काठमाण्डौं
नयाँ वर्षमा चितवनको सौराहा पर्यटकले भरिभराउ भएको छ ।
विगतका नयाँ वर्षमा झैं ७६ सालमा पनि यहाँका ११० होटल पर्यटकले भरिभराउ भएको हो ।
जसमा करिब २५/२६ प्रतिशत मात्र वाह्य पर्यटक छन् ।
पछिल्लो समय नेपालीहरुको घुम्ने परम्परामा वृद्दि भएकाले आन्तिरिक पर्यटकले नै होटेल भरिएको स्रोतले जनाएको छ ।
वाह्य पर्यटकमा सबैभन्दा धेरै भारतबाट आएका छन् ।
क्षेत्रीय होटल संघ अन्तर्गत चितवन, नवलपुर र हेटौंडाका डेढ सय पर्यटकीय होटल छन्, ती सबै नयाँ वर्षमा अग्रीम बुकिङ् भैइसकेको छ । गतसालको तुलनामा यो वर्ष आन्तरिक पर्यटक २० प्रतिशतले बढेका छन् ।
सौराहा ११० सुविधायुक्त होटलमा दैनिक करिब पाँच हजार ५०० पर्यटन राख्न सकिने क्षमता छ ।
अग्रीम बुकिङ् गर्न नभाएका कतिपय पर्यटक भने कोठा नपाएपछि फर्किएका छन् ।
नेपालको प्रमुख पर्यटकीय स्थल चितवनको सौराहा वाइल्डलाइफ टुरिजमको लागि नेपालकै उत्कृष्ट गन्तव्य हो ।





