English Primier league : वेष्ट ह्यामविरुद्ध पोग्वाको दुई गोल !



०१ बैशाख २०७५, काठमाडौं

ईङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेष्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा युनाईटेडले वेष्ट ह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेष्टरका लागि पोग्वाले दुई गोलको योगदान गरे ।

वेष्ट ह्यामका फिलिपे एण्डरसनले एक गोल फर्काए । खेलको १९ औं मिनेटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफम १–० को अग्रता लिएको खेलको दोस्रो हाफमा युनाइटेडले थप एक गोल गर्दा एक गोल खाएको थियो ।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा एण्डरसनले गोल गर्दै वेष्ट ह्यामलाई खेलमा फर्काए ।

तर, ८० औं मिनेटमा पोग्बाले पुनः पेनाल्टीमा व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–१ को जित दिलाए । जितसँगै युनाईटेडले ३३ खेलबाट ६४ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।

पराजित वेष्ट ह्याम ४२ अंकसहित ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्