तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना (फोटो फिचर)



०१ बैशाख २०७६, काठमाडौं

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा  विमान दुर्घटना भएको छ ।

लुक्लामा रहेका ट्रेकिंग गाईड दिल्लीप्रसाद लम्सालका अुनसार काठमाडौंको लागि उडने क्रममा धावनमार्गमा समिट एयरको प्लेन मनाङ एयरको हेलिकप्टरमा ठोकिदा कोपाईलटसहित दुई सुरक्षाकर्मीको मृत्यु भएको बुझिएको छ ।

विमानस्थल प्रमुख ईमनाथ अधिकारीका अनुसार विमान धावनमार्गमा चिप्लिएर दुघर्टना भएको हो ।

दुर्घटनामा दुई सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ ।

जहाजका पाईलटलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ ।

घटनाबारे अथ जानकारी आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्