रोनाल्डोबिनाको युभेन्ट्स पराजित !



०१ बैशाख २०७६, काठमाडौं

रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्स एसपीएलसँग पराजित भएको छ ।

गएराती भएको खेलमा युभेन्ट्स एसपीएलसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ३० औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, युभेन्ट्स दोस्रो हाफमा दुई गोल खान पुग्यो । दोस्रो हाफ सुरु भएके चार मिनेट नबित्दै युभेन्ट्सले बराबरी गोल खायो । खेलको ४९ औं मिनेटमा एसपीएलका केभिन बोनिफाजीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

युभेन्ट्सले दोस्रो स्थानको नेपोली भन्दा २० अंकको अग्रता बनाएको छ । युभेन्ट्सको ३२ खेलबाट ८४ अंक छ । युभेन्ट्सलाई हराएसँगै एसपीएल ३५ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्