मेस्सी म्याराडोना जत्ति कहिल्यै पुग्न सक्दैननन् : हेक्टर एन्रीक्यु



३० चैत्र २०७५, काठमाडौं

अर्जेन्टिनाका पूर्व– मिडफिल्डर हेक्टर एन्रीक्युले बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्जेन्टिनी फुटबल इतिहासमा दोस्रो खेलाडी भएको बताएका छन् ।

उनले अर्जेन्टिनी अर्का स्टार खेलाडी म्याराडोना पछि दोस्रो खेलाडी भएको बताएका छन् ।

“मेस्सी डिएको म्याराडोनाको स्तरमा कहिलै पुग्न सक्दैनन् ।” हेक्टरले भने । उनी थप्छन् “दर्भाग्यवस मेस्सीले राष्ट्रिय टिममा एक कठिन समय बिताएका छन् । मलाई विश्वास छ की अर्को विश्वकप हामीसँग हुने छ ।

मेस्सीले राष्ट्रिय टोलीका लागि १ सय २९ खेल खेल्दै ६५ गोल गरेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीले नौं पटक ला लिगाको उपाधि जितेका छन् । त्यस्तै चार पटक च्याम्पियन्स लिगसँगै थुप्रै विश्व रेकर्ड र ६ सय भन्दा बढी गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्