अरु हसाउँदै आफु मरे : बेलायती हास्यव्यङ्ग्य कलाकार इयान कग्नीटो !



३० चैत्र २०७५, काठमाडौं

बेलायतको एक हास्यव्यङ्ग्य कलाकारको स्टेजमै ज्यान गएको छ ।

६० वर्षीय चर्चित हास्यव्यङ्ग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको जनाईएको छ ।

प्रस्तुती दिइरहँदा उनी एक्कासी कुर्सीमा बसेका थिए । केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए । दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए ।

तर पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि भने उनको शरीरबाट स्वासप्रस्वास बन्द भएको आयोजकले थाहा पाएका थिए ।

वेलायतमा कंग्नीटो चर्चित हास्यव्यङ्ग्य कलाकारको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्