सरकारको लोकप्रिय कामले केही शक्ति अतालिएका छन् : बाँस्कोटा



३० चैत्र २०७५, काठमाडौं

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताएका छन् ।

उनले सरकारको लोकप्रिय काम देखेर केही शक्ति भने अत्तालिएको टिप्पणी गरे ।

“मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ । जग बलियो भएपछि माथि जस्ता (छानो) हाल्ने काम हुँदै गर्छ ।”
उनले भने ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्