विश्वकप छनौटमा नेपालले सिधै दोस्रो खेल खेल्न पाउने !



३० चैत्र २०७५, काठमाडौं

सन् २०२२ मा हुने कतार विश्वकप फुटबलको छनौट खेलमा नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाउने भएको छ ।

नेपाली टोली एशिया वरीयतामा ३४औं स्थानमा परेपछि नेपालले विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश पाएको हो ।

एशियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२२ को विश्वकप र २०२३ को एशिया कपका लागि छनौट टिमको छनौट गरेको हो ।

सोहीअनुसार महासंघले नेपाललाई सोझै छनौटको दोस्रो चरणमा लैजाने निर्णय गरेको हो ।

नेपाल विश्वभरिमा फिफा वरीयतामा १६१औं स्थानमा छ । यो अप्रिल महिनाको वरीयता हो । यही वरीयताका आधारमा नेपालले दोस्रो चरण खेल्ने भएको हो ।

खेलतालिका अनुसार विश्वकप छनौटअन्तर्गत पहिलो चरणका खेल आगामी जुन ६ देखि ११ तारिखसम्म हुनेछन् । दोस्रो चरणका खेल भने २०१९ को सेप्टेम्बर ५ देखि २०२० को जुन ९ सम्म चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्