स्थगित ‘मातृभूमि कप’ भोली हुँदै !



२९ चैत्र २०७५, काठमाडौं

गतसाता स्थगित भएको गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ ‘मातृभूमि कप’ (भोली) शनिबार हुने भएको छ ।

गतसाता भारी वर्षाका कारण स्थगित भएको खेल भोली हुन लागेको हो ।

प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिने धुर्मुस–सुन्तली फाउन्डेशनले जनाएको छ । साथै, सोही दिन पनि त्रिवि मैदानमा टिकट लिन सकिनेछ ।

खेलका लागि कलाकारको दुई टोली र क्रिकेटरको दुई टोलीको छनौट भइसकेको छ ।

चलचित्र र संगीत क्षेत्रका कलाकारले ‘ए’ र ‘बी’ टोलीमा रहेर मनोरञ्जनात्मक क्रिकेट खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्