यू–१९ विश्वकप : नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य



२९ चैत २०७५, काठमाडौं

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिङ्गापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।

खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्