एथ्लेटिकोका स्ट्राइकर डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध !



२९ चैत्र २०७५, काठमाडौं

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध लगाइएको छ ।

उनलाई गत आईतबार बार्सिलोनासँगको खेलमा अपशब्द बोलेको भन्दै प्रतिबन्ध लगाईएको हो ।

खेलको पहिलो हाफमा रेफ्रीमाथि अभद्र व्यवहार गरेका कोस्टलाई रातो कार्ड देखाइएको थियो । ३० वर्षीय स्ट्राइकर कोस्टाले रेफ्री जेसस गिल मन्जानोसँग ठूलो स्वरमा कराएका थिए भने उनलाई समातेका थिए ।

लिगमा सात खेल मात्रै बाँकी रहेको यो समयमा ८ खेलको प्रतिबन्ध गरिएको हो । जसकारण उनले यो सिजनको सबै खेल गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्