बजेट अभावको कारण गैंडा गणना यो वर्ष नहुने !



२९ चैत्र २०७५, काठमाडौं

बजेट अभावका कारण यो वर्ष गैंडा गणना नहुने भएको छ ।

आगामी अप्रिल र मे महिनामा हुनुपर्ने गैंडा गणना बजेट अभावका कारण हुन नसक्ने भएको हो । त्यस्तै भारी वर्षाका कारण घाँस धेरै उम्रिएकाले पनि गणना हुन असम्भव देखिएको हो ।

यस वर्ष गणनाका लागि एक करोड दश लाख रुपैंया खर्च हुने अनुमान गरिएको थियो । तर सकारले गैंडा गणनाका लागि बजेट नछुट्याएकोले समस्या भएको हो ।

गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले गणना गर्न मे र अप्रिल महिनानै उपयुक्त मानिन्छ ।

नेपालमा पहिलोपटक सन् २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिबेला सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६४१ वटा गैंडा फेला परेका थियो ।

गैंडाको बास्थान चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, शुक्ला फाँटा र पर्सामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्