रिसाउँदै क्रिज टेकेका धोनीलाई आयोजकले गर्यो कारबाही !



२९ चैत्र २०७५, काठमाडौं

जारी १२ औं संस्करनको आयोजकले चेन्नईका कप्तान महेन्द्रसिंह धोनीलाई कारबाही गरेको छ ।

बिहिबार राती राजस्थान रोयल्सविरुद्धको खेलमा धोनीले अम्पाएरको निर्णयमा विरोध जनाएपछि आईपीएलले म्याच फि को ५० प्रतिशत जरिवाना गरेको हो ।

अम्पायरले ‘नो बल’ दिएर पुनः आफ्नो निर्णय फिर्ता लिएपछि रिसाउँदै कप्तान धोनी मैदान प्रवेश गरेका थिए ।

अम्पाएरसँग गरेको विवादका लागि आईपीएलले शीर्ष स्थानको चेन्नईका कप्तानलाई कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्