आवश्यक परे पेट्रोल खानी उत्खनन नेपालमै गर्छौं : प्रधानमन्त्री ओली



२९ चैत्र २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता खड्किए पेट्रोल नेपालमै उत्खनन गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले पेट्रोल उत्खननका लागि सरकारले गृहकार्य गरिरहेको बताएका हुन् ।

“खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं ।” उनले भने ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई विद्युतीय गाडी कारखाना खोल्न आग्रह गरे ।

“इलेक्ट्रीक गाडी फ्याक्ट्री खोल्नुहोस्, सरकारले सहयोग गर्छ ।”उनले थपे ।

प्रतिक्रिया दिनुहोस्