युरोपा लिगमा फेलिक्सको कीर्तिमान !



२९ चैत्र २०७५, काठमाडौं

युरोपा लिगमा गएराती भएको खेलमा ह्याट्रिक गरेर बेन्फिकाका खेलाडी जोएओ फेलिक्सले कीर्तिमान बनाउन भ्याएका छन् ।

१९ वर्षकै उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गरेर उनले कीर्तिमान बनाएका हुन् । बिहीबार राती घरेलु मैदानमा भएको क्वाटरफाईनलको पहिलो लेगमा फ्र्याँकफर्टलाई ४–२ ले हराउने क्रममा फेलिक्सले ह्याट्रिक गरेका हुन् ।

उनले २१ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । त्यसपछि ४३ र ५४ औँ मिनेटमा गोल गर्दै उनी १९ वर्ष १५२ दिनको हुँदा उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

यसअघि यो कीर्तिमान डाइनामो जाग्रेबका मार्को जाकाको नाममा थियो । उनले सन् २०१४ मा युरोपा लिग अन्तर्गत सेल्टिकसँगको खेलमा १९ वर्ष २१९ दिनको हुँदा ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्