चेल्सीको संघर्षपूर्ण जित !



२९ चैत्र २०७५, काठमाडौं

युरोपा लिगअन्तर्गत गएराती भएको खेलको क्वार्टरफाईनलको पहिलो लिगमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

स्लाभिया प्रागको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । पाहुना टोलीको चेल्सीको जितका लागि खेलको एक मात्र निर्णायक गोल एलान्सोले गरे ।

लामो समयको पर्खाई पछि खेलको ८६ औं मिनेटमा एलान्सोको गोलमा चेल्सी विजयी भयो । उक्त खेलमा पछिल्लो समय रियल जाने चर्चामा रहेको मुख्य खेलाडी ईडेन हजार्ड बेन्चमा रहेका थिए ।

यस जितसँगै चेल्सीले सेमिफाइनलमा पुग्ने संम्भावना बलियो बनाएको छ । अब आफ्नो दोस्रो लिग १८ अप्रिलमा चेल्सीको घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्