बाहिर रहेका गाँउवासीले गाउँपालिकामा स्ट्रेचर दिने



२८ चैत २०७५, संखुवासभा

संखुवासभाको शिलिचोङ गाउँपालिका–समन्वय समिति काठमाण्डौले स्ट्रेचर वितरण गर्ने भएको छ ।

समितिले वैशाख १ गते शिलिचोङ गाउँपालिकाको बुधबारेमा स्ट्रेचर वितरण गर्नेे बिहिबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । समितिले गत असोज महिनादेखि स्ट्रेचर खरिदका लागी रकम संकलन अभियान सञ्चालन गरेको थियो । समितिले शिलिचोङ गाउँपालिकाबाट काठमान्डौमा अस्थायी तथा स्थायी रुपमा बसोबास गर्ने व्यक्ति र रोजगारीका शिलशिलामा विभिन्न मुलुक पुगेकाहरुबाट रकम संकलन गरेको थियो ।

उक्त अभियान मार्फत ८ लाख ४१ हजार रुपैंया रकम संकलन भएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिए । उक्त रकमबाट १ सय २३ थान स्ट्रेचर खरिद गरिएको अध्यक्ष कुलुङले बताए ।

शिलिचोङ गाउँपालिका जस्तो विकट क्षेत्रमा जहाँ स्वास्थ्य संस्थाको पहुँच नभएका र सडक सञ्जालले समेत नजोडिएका गाउँ तथा वडामा बिरामी परेकाहरुलाई सहज गर्न स्ट्रेचर वितरण गर्ने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्