
२८ चैत २०७५, इटहरी
इटहरीका सरकारी विद्यालयको गतिविधि सम्बनधीतले अव हातैमा हेर्न सक्ने भएका छन् । इटहरीका सरकारी माध्ममिक विद्यालयहरुमा सीसी टिभी जडान गरि मेयर चौधरीको कार्यकक्षवाट सवै विद्यालयका गतिविधि हेर्न सकिने पद्धतिको उदघाटन गरीएसंगै गतिबिधी निगरानि गर्न सम्भव भएको हो ।
इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख भूपेन्द्र कोइरालाका अनुसार मेयर उपमेयरको कार्यकक्ष, सम्वन्धित विद्यालय रहेको वडाध्यक्ष र सरोकारवालाले टेलिभिजनको स्क्रृन वा मोबाइल बाटै पनि विद्यालयको गतिविधिहरु हेर्न सकिने छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुर अवलोकन पद्धति जडान गरिएको हो ।
यो वर्ष माध्यमिक विद्यालय, अर्को बर्ष आठ कक्षा सम्मका विद्यालय र तेश्रो वर्ष इटहरीका सबै विद्यालयमा यो पद्धति जडान गरेर हातैमा इटहरीका विद्यालय छर्लङ्ग पार्न लागिएको हो । यो पद्धतिबाट शिक्षकको हाजिरी समेत हेर्न सकिने छ । शिक्षक नियमित उपस्थित भए नभएको, पूरा समय शिक्षणमा विताए नविताएको जनप्रतिनिधिहरुले डिजिटल अनुगमन गर्न थालिएपछि शैक्षिक गुणस्तर वृद्धिमा ठूलो सहयोग पुग्ने शैक्षिक महाशाखा प्रमुख कोइरालाको विश्वास छ ।





