विष्णुजीले जग्गा किन्नुभएकै हो तर, नक्कली परेछ : सरकार प्रवक्ता बाँस्कोटा



२८ चैत्र २०७५, काठमाडौं

बालुवाटारस्थित ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको विषयमा सरकारले पौडेल पीडित रहेको बताएको छ ।

बिहिबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पौडेल पीडित रहेको बताएका हुन् ।

“विष्णु पौडेल त्यो फर्जी धन्दामा संलग्न भएको होइन । उहाँले त कसैले लिएर आएको जग्गा, कसैको नाममा भइसकेको जग्गा उहाँले किन्नुभएको हो । त्यस्ता अरु पनि धेरै होलान् ।” उनले भने ।

पौडेल पीडित हो कि पीडक भनी सञ्चारकर्मीले छुट्याउनुपर्ने प्रश्नमा उनले भने “उहाँले जारी गरेको बयानको आधारमा उहाँ पीडित भइसक्नुभयो ।” विष्णुजीले जग्गा किन्नुभयो । तर, त्यो नक्कली परेछ । बाँस्कोटाले भने,

नेकपाको नेताले ७र८ आना जग्गा किनेकाले उहाँलाई पीडक बनाइएको भन्दै बाँस्कोटाले असन्तुष्टि जनाए।

सरकारले विवादित जग्गा रोक्का राखिसकेको उनले जानकारी दिए । थप छानबिन हुन बाँकी नै रहेको उनको बताएका थिए ।

यो पनि पढ्नुहोस् !

बालुवाटारको जग्गामा कुनै हिनामिना नभएको महासचिव पौडेलेको स्पष्टोक्ति (विज्ञप्ती सहित)

प्रतिक्रिया दिनुहोस्