
२८ चैत्र २०७५, काठमाडौं
नयाँ वर्षको आगमनसँगै बुधबारदेखि भक्तपुरमा नेवारी समुदायको बिस्केट जात्रा सुरु भएको छ ।
भैरवनाथको र भद्रकालीको पूजा भएसँगै शुरु भएको जात्रामा दिउँसो स्थानीयवासी र सरकारी पूजा सकिएपछि रथ तान्र थालिएको हो ।
नयाँ वर्षको चार दिन अगाडिदेखि शुरु भई नयाँ वर्षको पाँच दिनसम्म संचालन हुने यस जात्रा यहाँका बासिन्दाले आठ रात नौं दिनसम्म धुमधामका
साथ मनाउने गरेका छन् ।
जात्राको पहिलो दिनदेखि भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।
परापूर्वकालदेखि नै मनाउदै आएको विश्वप्रसिद्ध विस्केट जात्रा “सर्प मारियो ” भन्ने अर्थमा मनाईने हो ।
यस जात्रामा तान्त्रिक विधिअनूरुप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्वांछे, साकोथा, सुकुलढोका गोलमढी
पुयाई फर्काउने प्रचलन छ ।
रथलाई तल्लो क्षेत्रमा गहिटीमा पुर्याएर पहिलो दिनको रथयात्रा विर्सजन गरिन्छ ।
चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गे उठाउने र वैशाख १ गते भेलुखेलमा भव्य मेला लाग्छ ।
यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्रे जनविश्वास रहेअनुसार जात्रालाई शत्रुहन्त जात्रा पनि भन्रे गरिन्छ ।





