रोनाल्डोसँग अभ्यास गर्न पाएको त्यो पललाई मैले मेरो सपना पूरा भएको क्षणको रुपमा लिएँ : मार्कोस



२८ चैत्र २०७५, काठमाडौं

उत्कृष्ट विश्व फुटबल क्लब चेल्सीका खेलाडी मार्कोस अलन्सोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँग अभ्यास गर्न पाउँदा आफ्नो सपना पूरा भएको बताएका छन् ।

“एकदिन मेरो आमाबाबाले मलाई रियलले तिमीलाई चाहेका छन् । यदि तिमि चाहन्छौ भने ट्रायल देउ भनेका थिए । मैले ट्रायल दिए उनीहरुले यहिँ बस भने ।” अलन्सोले भने ।

“‘मैले १६१७ वर्षको उमेरमा रोनाल्डोसँग ट्रेनिङ्ग गरे । मैले १२० प्रतिशत दिएको थिए ।” उनले थपे ।

रियलको जुनियर टोलीबाट फुटबल जीवन सुरु गरेका उनले सिनियर टोलीमा समेत खेल्न अवसर पाएका थिए । त्यहिँ समयमा उनले रोनाल्डोसँग अभ्यास गर्ने मौका पाएका थिए ।

साथै उनले आफ्नो जन्म दिने आमाबाबाको रोजाई विपरित आफुले फुटबल क्लब रोजेको भन्दै भावुक पनि बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्