विकास र समृद्धिको यात्रा सहमतिबाटै अघि बढाउनुछ : अध्यक्ष प्रचण्ड



२८ चैत्र २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा सहमतिबाटै अघि बढाउँनको लागि नेपाली कांग्रेसलाई अनुरोध गरेका छन् ।

देशमा पञ्चायत फाल्नेदेखि राजतन्त्र ढाल्नसम्म सबै राजनीतिक दल मिलेर भएको उल्लेख गर्दै प्रचण्डले विकास र समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे ।

बिहिबार चितवनमा निजी कम्पनीले खोलेको फन पार्क उद्घाटन गर्दै प्रचण्डले कांग्रेस महामन्त्री शशांक कोइरालामार्फत् कांग्रेसलाई समृद्धिको अभियानमा सघाउन अपिल गरेका हुन् ।

“विकास र समृद्धिको यात्रा सहमति र समझदारीबाटै अघि बढाउनुछ। शशांक कोइरालामार्फत् म कांग्रेसलाईसमृद्धि अभियानमा सहयोग गर्न आग्रह गर्छु ।” प्रचण्डले भने ।

उत्पादन वृद्धि र रोजगारी नै आमजनताले खोजेको हुनाले सबै दल मिल्नुपर्ने उनको भनाई रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्