
२७ चैत २०७५, इटहरी
संसार डिजिटल युगमा प्रबेश गरीरहेको छ । उसो त सुनसरी, सप्तरी र उदयपुर जिल्लालाई सुगमकै रुपमा लिने गरीन्छ । यिनै तीन जिल्लामा फैलिएको कोशीटप्पु बन्यजन्तु आरक्षलाई स्थानिय, प्रदेश र संघीय तनैवटै सरकारले आफ्नो आम्दानिसंग जोड्ने योजना तयार गरीरहेका छन् ।
तर पर्यटकीय स्थलको रुपमा आम्दानिको स्रोत बन्न सक्ने कोशीटप्पु बन्यजन्तु आरक्षमा प्रबिधी र संचारको अवस्था भने भद्रगोल रहेको छ । कुनै घटनाको जानकारी दिने देखी पर्यटकले आउदा खोज्ने टेलिफोन र मोवाइल सेवा समेत कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयमा उपलब्ध हुदैन ।
कमजोर संचार संरचनाले फोन गर्न समेत कार्यालय बाहिर जानुपर्ने कर्मचारीको बध्यता रहेको छ । कोशीटप्पुलाई सरकारले एक सयवटा पर्यटकीय स्थलका रुपमा राखेको छ । तर सञ्चारकै अभावले उक्त सुचिमा परेको कुरा आफूहरुलाई जानकारीनै नभएको कर्मचारी वताउछन । सुनसरी शाखा कार्यालयका सुचना अधिकारी गणेश प्रसाद तिवारीलाईनै आरक्ष पर्यटकीय स्थलको सुचिमा परेको जानकारी छैन ।
‘हामी सम्पर्क विहीन छौँ अहिलेका आधुनिक उपकरण इमेल इन्टरनेटको कुनै पहुँच छैन, उनले भने– फोन सम्पर्क गर्नलाई समेत कार्यालय बाहिर निस्कनुपर्छ । जसले गर्दा हामीले यहाँ गरेका कार्य प्रगतिको विवरण पनि बाहिर प्रस्तुत गर्न सकेका छैनौँ ।’
आरक्षमा भरखरै मात्र नेपाल टेलिकमको टावर जडान गरिएको छ । तर उक्त टावर संचालन कहिलेबाट हुने समेत निश्चित छैन । सञ्चार सुबिधा नहुँदा अपेक्षा गरे अनुसार पर्यटक भित्राउन नसेको उनको भनाई छ ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोशिटप्पु वन्यजन्तु आरक्ष, जसलाई दुलर्व अर्नाको राजधानीको रूपमा पनि लिइन्छ । वि.सं. २०३२ सालमा स्थापना भएको आरक्ष वि.सं. २०४३ सालमा रामसार सुचीमा सुचीकृत भएको हो ।
सप्तकोशी नदीको तटीय क्षेत्रमा रहेको आरक्षमा विभिन्न ४ सय ८९ प्रजातिका चरा, २ सय १९ सङ्ख्यामा दुर्लभ अर्ना पाईन्छन ।
घाँसे मैदानले भरिएको आरक्षमा रुसको साईवेरिया, तिब्बत, काजकस्तान, अफगानिस्तान, मङ्गोलिया, चीन, स्पेन, इरानबाट पनि विभिन्न मौसममा चराहरू बसाइ सरेर आउने गरेको पाइन्छ ।
यसलाई उपयोग गरेर सरकारले चरा अवलोकन केन्द्रका रुपमा उक्त स्थानमा सबै पुर्बाधार निमार्ण गर्न सके त्यसले पर्यटक भित्राउने देखीन्छ ।
उक्त आरक्ष विश्वमा नै दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध थलो हो । खयर, साल तथा सिसौ लगायतका वनस्पति, दुर्लभ जडीबुटी पाइने उक्त क्षेत्र सरकारले पर्यटन प्रवर्धन गर्न योग्य एक सय पर्यटकीय स्थानमा ठाँउ दिएको छ ।
आरक्ष क्षेत्रबाटै बग्ने सप्तकोशी नदीमा पाइने ८० भन्दा धरै प्रजातिका माछालाई पनि आम्दानिमा जोड्न सकीन्छ ।
सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरे लगत्तै संरक्षण गर्न योग्य पर्यटकीय स्थलको संरक्षणमा लाग्न आफ्ना संयन्त्रलाई निर्देशन दिएको छ । सङ्घीय सरकार देखि, प्रादेशिक र स्थानीय सरकार समेत हाल नेपाल लाई पर्यटक आगमनको प्रमुख गन्तव्य बनाउन कम्मर कसेको देखिन्छ ।
प्रदेश १ सरकारले समेत प्रदेशमा रहेका विभिन्न प्राकृतिक सम्पदाको प्रयोग गरी आफ्नो मुख्य आयको रूपमा पर्यटनलाई विकास गर्ने योजना सारेको छ ।
यसरी काम गर्दै छ आरक्ष
सुचना अधिकारी तिवारीका अनुसार हात्तीको आतंक हुने क्षेत्र भएकाले मानिसको सुरक्षाको लागी तारमा करेन्ट लगाउने कार्य पुरा गरेको, वन्यजन्तु सुरक्षा केन्द्रको स्थापना गरेको, विशेषज्ञ पशु चिकित्सक केन्द्रमा राखेको लगायतका काम १ बर्षमा भएका छन् ।
उनले पर्यटकलाई सहजता र उनीहरूका भावनाअनुसार काम गर्न सञ्चार क्षेत्रको विकास गर्न पहल थालिएको बताए । नेपाल टेलिकमको टावर निर्माणको काम सकिएको र टावरको सञ्चालन चाँडै आउने उनले बताए ।
इमेल इन्टरनेटको सुविधाको लागी पनि सम्बन्धित पक्षलाई पत्राचार गरेको तिवारीले बताए । ठँउठाँउमा सुरक्षा पोस्ट राखेको वताउदै उनले २४ घण्टानै सुरक्षाकर्मीको गस्ती परिचालन गरेको बताएका छन ।
गत वर्षको तुलनामा बढी पर्यटक भित्रने अपेक्षा
आरक्षले गत वर्षको तुलनामा यो वर्ष बढी पर्यटक भित्रने अपेक्षामा रहेको तिवारीले बताए । गएको वर्षमा २१ हजार पर्यटक आउदा आरक्षले ४० लाख राजश्व उठाएको थियो ।
चालु आर्थीक वर्षको ६ महिनामा ११ हजार हजार ८ सय ९४ जना पर्यटक आएको र २४ लाख ४८ हजार ८ सय ४२ राजश्व सङ्कलन गरिएको तिवारीले जानकारी दिए ।
‘अव पर्यटक भित्रने मौसम आउदैछ । वसन्त ऋतुको समयमा धेरै पर्यटक आउँछन, उनले भने, यसबाट पनि अनुमान लगाउन सकिन्छ की यो वर्ष पर्यटकको सङ्ख्यामा वृद्धि हुन्छ ।’





