म्यानचेष्टरको शूसाईडले बार्सिलोना विजयी !



२८ चैत्र २०७५, काठमाडौं

ईङ्लिस प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले म्यानचेष्टरलाई पराजित गरेको छ ।

दुई बलिया मानिएको क्लबहरुबीच चलेको खेलमा बार्सिलोनाले १–० को गोलअन्तरले हराएको हो । युनाईटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना आत्मघाती गोलबाट विजयी भएको हो ।

खेलको पहिलो हाफमा आत्मघाती गोल मार्फत नै बार्सिलोनाले १–० को अग्रता बनाएको थियो । खेलको १२ औं मिनेटमा युनाईटेडका लागि लुक शले आत्मघाती गोलमा बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनायो ।

यस जितसँगै बार्सिलोनाले सेमिफाईनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब बार्सिलोनाले आफ्नो घरेलु मैदानमा दोस्रो लेग १६ अप्रिलमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्