आयाक्स र युभेन्ट्स बराबरीमा रोकिए !



२८ चैत्र २०७५, काठमाडौं

च्याम्पियन्सि लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा क्लब युभेन्ट्स र डच क्लब आयाक्स बराबरीमा रोकिएका छन् ।

गएराती भएको खेलमा युभेन्ट्स र आयाक्स १/१ गोलको बराबरीमा रोकिएका हुन् ।

आयाक्सको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा युभेन्ट्सले सुरुवाती अग्रता लिएको हो ।

खेलको ४५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले जोआओ कान्सेलोको पासमा डाइभिङ हेड गोल गरेका थिए । तर, दोस्रो हाफ सुरुभएको १ मिनेट नबित्दै आयाक्सले बराबरी गोल फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्