जानी राखौँ : लालीगुराँस जुस सेवनले के -के फाईदा पुर्याउछ ?



२७ चैत २०७५,काठमाडौं

नेपालको राष्ट्रिय फुल लालीगुराँस नचिन्ने त कमै होलान् । लालीगराँसलाई नेपालमा मात्रै हैन भारतको उत्तराखण्डमा पनि राष्ट्रिय फुल मानिएको छ । पुस महिनादेखि माघ, फागुनको समयमा फुल्ने लालीगुराँस विशेष गरेर पहाडी भेगमा पाइन्छ ।

अन्य फुलहरु भन्दा फरक हुने लालीगुराँसको विभिन्न रंगमा देख्न सकिन्छ । विश्वमा लालीगुराँस ५ प्रकारको पाइने एक अनुसन्धानबाट पत्ता लागेको छ । राष्ट्रिय फुलको रुपका रहेका लालीगुराँस देख्दा जति सुन्दर रहेको छ त्यो भन्दा धेरै फाइदाहरु पाइने एक अनुसन्धानहरु रहेको छ । लालीगुराँसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । उच्च पहाडी भेगमा पाइने लालीगुराँसले खानेकुरा खाँदा घाँटीमा अड्किएको बेला खाँदा अड्किएको चिज निकाल्न मद्दत गर्छ ।

पोषक तत्वले भरिपूर्ण रहेको लालीगुराँसको सर्वत बनाएर पनि सेवन गर्न सकिन्छ । गुराँसको जुसले कलेजो, मृगौला जस्ता समस्या भएका व्यक्तिको लागि निकै उपयोगी हुन्छ । त्यति मात्रै हैन जुसले ह्दयसम्बन्धि जटिल समस्याको लागी लाभदायक हुन्छ । लालीगुराँसको फुलबाट बनाएको जुस सेवनले हड्डीको दुखाई र उच्च रक्तचाप जस्ता समस्यालाई तुरुन्तै निको पार्छ ।

प्रतिक्रिया दिनुहोस्